News Portal

एमाले नेता खरेललाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
३३५ पटक

झापा, १६ साउन । एमाले नेता अग्निप्रसाद खरेललाई कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । नेता खरेलका सहयोगीले कोरोना पोजिटिभ भएको जानकारी दिएका छन् ।

झापामा राजनीतिक कामले व्यस्त खरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको चार दिने झापाको कार्यक्रम सकिएसँगै काठमाडौं गएका थिए । काठमाडौं पुगेर स्वास्थ्य जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंस्थित होमआइसोलेशनमा रहेका छन् । स्वास्थ्य अवस्था सामान्य रहे पनि राजनीतिक काममा केहि दिन सरिक नहुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्