News Portal

काँकरभिट्टाबाट अवैध सुपारी बरामत

रातोपोस्ट संवाददाता
३२२ पटक

झापा, १६ साउन । झापा प्रहरीले आज विहान र दिउँसो दुई पटक गरेर लाखौं रुपैयाँको अवैध सुपारी बरामत गरेको छ । तर, कसको सुपारी बरामत गरिएको भन्ने बारे केहि खुलाएको छैन । कसको साथबाट बरामत गरेको सामान्य सूचना समेत प्रहरीले सार्वजनिक गरेको छैन ।

सोमवार विहान साढे ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ दुर्गा मन्दिरस्थित नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ८७ हजार ५ सयको सुपारी बरामत गरेको हो । यस्तै, साढे ११ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सोही वडाबाट ९६ हजारको अवैध सुपारी बरामत गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । बरामत गरिएको सुपारी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्