News Portal

आगलागी पिडित लखि मर्डिले पाइन नयाँ घर

रातोपोस्ट संवाददाता
२८२ पटक

झापा, २० साउन । झापा मेचीनगरमा दुई पटकको आगलागीका कारण घरसंगै सरसामान समेत नष्ट भए पछि घर बिहिन बन्नु भएकी झापा लखि मर्डिले नयाँ घर पाएकी छिन् ।

मेची अभियानको संयोजनमा मर्डिका लागि निर्माण गरिएको घर आज एक कार्यक्रमका बिच काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हस्तान्तरण गरेका हुन । मेची अभियानका परिकल्पनाकार समेत रहका महामन्त्री शर्माले आगलागीबाट बास बस्ने ठाउँ समेत गुमाएकी मर्डिलाई घर बनाइदिन सहयोग गरेकाेमा सबैलाई धन्यबाद दिएका थिए ।
‘कसैको घर नजलोस,’ शर्माले भने , ‘यदि भवितव्य परिहाल्यो भने सबै दल र सबै संस्थालाई त्यागेर सहयोग गर्नु पर्छ ।’ मेची अभियान संकटमा परेका बेला अगुवाइ गर्ने संस्था भएकाले पनि यसको संयोजनलाई सबैले स्वीकार गरेको महामन्त्री शर्माले बताए ।

मेचीनगर- १४ दुवागढीस्थित मजदुर बस्तीमा निर्माण गरिएको घर हस्तान्तरण कार्यक्रम अभियानका संयोजक विजय डालमियाको सभापतित्व रहेकाे थियो । कार्यक्रममा स्थानीय सहयोग समितिका अध्यक्ष विश्व थापाले ४ लाख १७ हजारमा घर निर्माण सम्पन्न भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । घर हस्तान्तरण कार्यक्रममा मेचीनगर- १४ का वडा सदस्य लाल मोहम्मद मियाँ, नेपाली काँग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नगर सभापति सुवेशकुमार पनेरु, काँग्रेसका प्रदेश (ख ) सभापति सन्तोस न्यौपाने, काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु, स्थानीय समुदाय लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन पत्रकार ज्ञानेन्द्र निरौलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्