News Portal

झापामा १४ वर्षीय बालकले गरे आत्महत्या

रातोपोस्ट संवाददाता
३५५ पटक

झापा, ३ साउन । झापा भद्रपुरका १४ वर्षीय एक बालकले अस्वाभाविक रुपमा टाइको पासो लगाई आत्महत्या गरेका छन् । भद्रपुर नगरपालिका ४ स्थित झापा चोक निवासी १४ वर्षीय करण गिरीले हिजो बेलुका घरको ढोकाको हेन्डलमा टाईको पासो लगाई झुन्डिएर आत्महत्या गरेका हुन् ।

बिहीबार बेलुका साढे ४ बजेतिर झुन्डिएको अवस्थामा उनकी आमाले देखेपछि उपचारका लागि मेची अस्पताल लाँदै गर्दा मृत्यु भएको जनाइएको छ । मोर्डन अङ्ग्रेजी स्कुलको कक्षा ८ मा उनी अध्ययनरत थिए । हिजो विद्यालयमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा विजेता भएका करण हर्षित थिए । विद्यालयबाट घर फर्किएर उनले आत्महत्या गरेका हुन् । सो घटनाले आफूहरूलाई चकित बनाएको विद्यालयका प्रिन्सिपल मंगल थापा मगरले बताए ।

१४ वर्षीय बालकले टाईको पासो लगाई झुन्डिनु अस्वाभाविक भएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले मृतक बालकको शवलाई पोस्टमार्टमका लागि पठाइएको जानकारी दिए ।आत्महत्या गर्नुको कारण खुलिनसकेको उनले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्