News Portal

आदीवासी जनजाती महासंघ झापाको अधिवेशन भदौ ११ गते हुने

रातोपोस्ट संवाददाता
२७४ पटक

झापा, ४ भदौ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् (नेफिन) झापाको सातौं जिल्ला अधिवेशन आगामी भदौ ११ गते बिर्तामोडमा हुने भएको छ । नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् झापाले शनिबार पत्रकार सम्मेलन गर्दै सातौं जिल्ला अधिबेशनको मिति सार्वजनिक गरेको हो।

आगामी भदौ ११ गते बिर्तामोडको अतिथि सदनमा हुने सातौं जिल्ला अधिवेशनको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गर्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । त्यसको लागि आवश्यक छलफल तथा तयारीमा लागेको पनि जानकारी दिए ।

अधिबेशनमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापामा आवद्ध २४ वटा जातीय संघ संगठनका तर्फबाट दुई–दुई जना प्रतिनिधिसहित पाँच हजार जनाको सहभागीता रहने उनले बताए ।

अधिबेशन उद्घाटनका क्रममा आदिवासी जनजातिको मौलिक नृत्य प्रदर्शन गरिने तथा साँस्कृतिक भेषभुषा सहितको झाँकीसहितको र्यालीले बजार परिक्रमा गर्ने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्