रातोपोस्ट संवाददाता
झापा, १४ भदौ । झापाकाे बुद्वशान्ति गाउँपालिका- ३ मा भुमिहिन सुकुम्बाशीकाे जग्गा नापी सुरु भएकाे छ । साेमबार एक कार्यक्रम आयाेजना गरि गाउँपालिका अध्यक्ष मनाेज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा सहितकाे टाेलीले जग्गा नापी सुरु गरेकाे हाे । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पशुराम चेम्जुङ, वडाका सचिवसहितकाे सहभागिता रहेकाे थियाे । वडा- ३ किनार बस्ती ८० घर रहेकाे छ ।