News Portal

उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या

रातोपोस्ट संवाददाता
२३७ पटक

काठमाडौं, १७ भदौ । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । जिल्लाको बेलका नगरपालिका–७, का राजकुमार बस्नेतसहित उनकी श्रीमती सरिता बस्नेत र छोरा सुजन बस्नेत हत्या भएको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा डिएसपी राकेश कुमार पोदारका अनुसार हत्यामा संलग्न भएको आशंकामा एक जनालाई खुकुरीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् ।

प्रतिकृया दिनुहोस्