News Portal

मेचीनगरमा हात्तीको आक्रमणबाट स्कुटर चलाउँदै गरेकी महिलाको निधन

रातोपोस्ट संवाददाता
२७२ पटक

झापा, १७ भदौ । झापामा जंगली हात्तीले आक्रमण गर्दा एक महिलाको निधन भएको छ । मेचीनगर नगरपालिका-९ थोप्लेविरान सामुदायिक वन स्थित भित्री सडक खण्डमा मे ७ प २०४६ नं. को स्कुटी चलाउँदै गरेकी सम्झना श्रेष्ठलाई आज साँझ ५:४५ मा जंगलबाट आएको हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भिर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा आम्दा अस्पतालमा धुलाबारीमा १८:३० मा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

झापामा एक हप्ताको अवधिमा हात्तीको आक्रमणबाट निधन भएको यो दोस्रो घटना हो । मंगलबार बाह्रदशी गाउँपालिका-१ बस्ने देबि बहादुर अधिकारीलाई सोही स्थानमा रहेको मनकामना सामुदायिक वनमा हात्तिले आक्रमण गरेको थियो । उनको उपचारको क्रममा धरानमा निधन भएको हो ।

प्रतिकृया दिनुहोस्