News Portal

ने.बि संघ धुलाबारीको पहलमा विद्यार्थीलाई यातायातको सुविधा

रातोपोस्ट संवाददाता
२७६ पटक

झापा, २८ भदौ । नेपाल विधार्थी संघ धुलाबारी एकाइ समितिले विधार्थीकाे सहजका लागि यातायातकाे व्यवस्थापन गरेकाे छ । लामाे समयदेखि आन्दोलनमा रहेकाे संगठनले आइतबार एक सम्झौता गरि विधार्थीहरुकाे लागि नियमित यातायातको व्यवस्थापन गरेकाे हाे । काँकरभिट्टा आउने विधार्थीकाे लागि विहानकाे समयमा बसमा समस्या भएकाे साथै गाडी भाडा पनि धेरै लाग्ने भएकाे हुनाले अब विधार्थीहरुलाई सहज हुने ने.वि.स का नेता श्रीजीत ढुगाँनाले बताए । विधार्थीहरुलाई धुलाबारीदेखि सिटी रिक्सामा जादा खर्च धेरै हुने भएकाे हुनाले अब सिधै क्याम्प सम्म बसले सेवा दिने उनले बताए ।

विदाकाे दिन बाहेक काँकरभिट्टामा विहान ६:१० बजे, आयाबारी ६:१२ बजे, इटाभट्टामा ६:१५ बजे, जोरसिमल ६:१७ बजे र धुलाबारी ६:२० बजे आउने इकाई सभापतिले जानकारी दिए । बिधार्थीलाई यातायातको सहजीकरण जीवन खड्का र प्रधान खड्काले गरेका थिए ।

ने.बि संघ इकाईकाे बैठक बसि काँकरभिट्टाबाट सहजीकरण सहसचिव साेनिया खत्री र उपसभापति अस्मित गुरुङ र ईटाभट्टामा सहजीकरण सभापति आदर्श पाेखरेल र उपसभापति स्वस्तिका चिमरीयालाई दिएकाे छ । बैठकले पुर्व इकाई सभापति बिवश न्याैपाने र नगर सहसचिव शैलेस गाैतमले याे कार्यलाई निरन्तरता आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्