News Portal

बालदिवसको अवसरमा केर्खा पब्लिक बोर्डिङ्ग स्कूलको विविध कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
२४९ पटक

झापा, ३० भदौ । झापाको कमल गाउँपालिका- ३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ ।

बुधबार विद्यालय परिसरमा विद्यालयले आफ्ना विद्याथीहरु बिच हाजिर जवाफ, नृत्य, गायन लगायतका अतिरिक्त क्रियाकलाप आयोजना गरिएको विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले जानकारी दिए ।

विद्यार्थीलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सधै झै विभिन्न क्रियाकलापमा सहभागी गराउदै आएको यस विद्यालयले बालदिवसको अवसरमा अझ भव्य कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्