News Portal

  • झापामा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

    रातोपोस्ट संवाददाता
    ३२ पटक

    झापा, ४ असाेज । झापाको शिवसताक्षीमा कार दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

    मृत्यु हुनेमा कार चालक सप्तरी लेगडा- ५ निवासी ४४ वर्षीय बलराम यादव र इटहरी- १० का ३० वर्षीया गीता चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक अशोक कुमार जबेगुले जानकारी दिए । घाइते हुनेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका- ६ निवासी ४० वर्षीया रिता चौधरी, इटहरी- ८ निवासी २७ वर्षीय तेजन चौधरी, धरान- १५ निवासी ३६ वर्षीय बिभिसन दास र सोही ठाउँका ३३ वर्षीय राजेश चौधरी रहेको उनले बताए ।

    प्रहरीका अनुसार मङ्गलवार साढे ४ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका- १० स्थित सैनिक चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९१०८ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो । तीव्र गतिमा रहेको कार सडक किनारको बरको रुखमा गएर ठोक्किएको थियो । रुखमा ठोक्किँदा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । चालकसहित कारमा ६ जना सवार थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)