News Portal

समाजसेवी उप्रेतीद्वारा पत्रकार उपचार कोषलाई २५ हजार सहयोग

रातोपोस्ट संवाददाता
२१९ पटक

झापा, १७ असाेज । झापाको मेचीनगर–६, काँकरभिट्टा निवासी समाजसेवी कृष्णप्रसाद उप्रेतीले जन्मोत्सवको अवसर पारेर पत्रकार उपचार कोषलाई २५ हजार रुपैयाँ प्रदान गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका उप्रेतीले आफ्नो ८४ औं जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचाार कोषलाई नगद सहयोग गरेका हुन् ।

काँकरभिट्टास्थित भानु साहित्यक प्रतिष्ठानको सभाहलमा आयोजित एक कार्यक्रमका बीच उप्रेतीले महासंघ झापा अध्यक्ष एकराज गिरीलाई सो रकम हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रवीन कोइरालाले सामाजिक चेतना र समाजलाई अग्रगमनतर्फ डो¥याउन महत्वपूर्ण भूमिका खेल्ने पत्रकारिता क्षेत्रको नेतृत्वदायी संस्था महासंघ झापाले सुरु गरेको उपचार कोष अत्यन्त सान्दर्भिक र आवश्यक रहेको बताए ।

उनले महासंघले सुरु गरेको कोषमा आफ्नो ब्यक्तिगतरुपमा सहयोग रहने प्रतिवद्धतासमेत ब्यक्त गरे । कार्यक्रमका विशेष अतिथि महासंघ झापाशाखा अध्यक्ष गिरीले महासंघले स्थापना गरेको उपचार कोषमा सहयोगी मनहरु जोडिने व्रmम बढीरहेको बताउँदै आफ्नो जन्मदिनमा पत्रकारको हित र उपचार कोष सम्झने पुनित कार्य गरेकोमा उप्रेतीप्रति विशेष आभार प्रकट गरेर ।

अध्यक्ष गिरीले १ करोड रुपैयाँ पु¥याउने लक्ष्यका साथ सुरु गरिएको कोषमा हालसम्म ६० लाखबढी रकम जम्मा भइ सकेको जानकारी गराए । अध्यक्ष उप्रेतीले स्वागत गरेको जन्मोत्सव कार्यव्रmममा मेचीनगर तथा झापाका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष डिल्लीराम घिमिरेले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्