News Portal

झापा–१ बाट विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

रातोपोस्ट संवाददाता
३३६ पटक

झापा, २३ असाेज । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका हुन् ।

शर्माको प्रस्तावकमा काँग्रेस जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी बसेका छन् । शर्मा अघिल्लो दुई निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । एमाले राप्रपा तालमेलबाट अग्नी प्रसाद खरेलले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभातर्फ काँग्रेसका गोपाल तामाङ निर्वाचन क्षेत्र (क) र माओवादी केन्द्रबाट श्याम वीर लिम्बूले निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारी दर्ता गएका छन्।

जिल्लामा रहेका ६ लाख ६२ हजार ३ सय ११ मतदातामध्ये क्षेत्र नं १ मा १ लाख २० हजार ३ सय ३५ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्