News Portal

राजन चिमरिया स्वतन्त्रबाट प्रदेश ‘ख’ को उम्मेद्वार दर्ता

रातोपोस्ट संवाददाता
२८९ पटक

झापा, २४ असोज । नेकपा माओवादी केन्द्रका नेता राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’मा स्वतन्त्रबाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा नेता चिमरियाले स्वतन्त्रको तर्फबाट प्रदेश सभा सदस्य ‘ख’मा उम्मेद्वारी दर्ता गराएका हुन् ।

चिमरियाले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रदेश सभा सदस्य ‘ख’ मा उम्मेद्वार बनेका हुन् । केन्द्रको मेचीनगर अध्यक्ष समेत रहेका नेता चिमरियाको प्रस्तावकमा प्रेमराज अधिकारी र समर्थकमा सुदर्शन खतिवडा रहेका थिए ।

नेता चिमरिया माओवादी पार्टीका एक इमानदार र सालिन व्यक्तित्वका रुपमा परिचित थिए । उनले शनिबार सो पार्टीमा बसेर काम गर्न नसक्ने भनी राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्