News Portal

राप्रपा मेचीनगरका प्रभावशाली नेता रमेश दाहालले छाडे पार्टी

रातोपोस्ट संवाददाता
९४९ पटक

झापा, २७ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरका प्रभावशाली नेता रमेश दाहालले राप्रपा पार्टी छाडेका छन् । बाहुनडाँगी निवासी दाहाल राप्रपा प्रदेश नम्बर १ कमिटि सदस्य थिए । उनले आज (शुक्रवार) सामाजिक सञ्जालमार्फत राप्रपा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
फेसबुकमा उनले आफूले आजबाट राप्रपासँगको मेरो आबद्धतालाई पूर्ण परित्याग गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पार्टीमा आबद्ध भएर क्रियाशील रहँदासम्म मलाई सहयोग पुर्याउनु हुने सबै नेता, कार्यकर्ता, शुभेच्छुकलाई हार्दिक धन्यवाद छ ।’

गत स्थानीय निर्वाचनमा राप्रपाबाट उनी मेचीनगर नगर प्रमुखका उम्मेद्वार बनेका थिए । पार्टी स्रोतका अनुसार आम निर्वाचनमा आफूभन्दा तल्लो तहका कार्यकर्तालाई क्षेत्रको टिकट दिएपछि उनी असन्तुष्ट रहँदै आएका थिए । आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा झापा क्षेत्र नं १ मा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । दाहालको पार्टी परित्यागले चुनावी तालमेलमा ठूलो धक्का पुग्ने विश्लेषण गरिएको छ ।

प्रतिकृया दिनुहोस्