News Portal

  • बुद्धशान्तिमा श्रीमानको करुवा प्रहारबाट श्रीमतीको मृत्यु

    रातोपोस्ट संवाददाता
    २७५ पटक

    झापा, २४ कार्तिक । श्रीमानको करुवा प्रहारबाट श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका- ३ स्थित बुधबारे बजारमा डेरा गरी बस्ने भारत महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएका ३२ वर्षीय रघुनाथ गोरडले उनकी श्रीमती २६ वर्षीया सपना गोरडलाई बिहीबार विहान ३ बजे करुवाले हानेर हत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सामान्य घरायसी वादविवादको क्रममा रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । श्रीमतीको हत्या गर्ने रघुनाथलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)