News Portal

गठवन्धनका उम्मेद्वार विश्वप्रकाश शर्माले विहान ९ बजे मतदान गर्ने, एमालेका खरेलले आफैंलाई मतदान गर्न नपाउने

रातोपोस्ट संवाददाता
३०१ पटक

झापा, ४ मंसिर ४ । आज हुने आम निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विश्वप्रकाश शर्माले विहान ९ बजे मतदान गर्ने भएका छन् । झापाको मेचीनगर- ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रबाट विहान- ९ बजे मतदान गर्ने शर्माले काँग्रेस मेचीनगर अध्यक्ष सुदयकुमार पनेरुले जानकारी दिए ।

शर्माले आफ्नै वडामा मतदान गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार अग्नी खरेलले भने आफैंलाई मतदान गर्न पाउने छैनन । एमाले स्थायी कमिटि सदस्य समेत रहेका खरेलले झापा क्षेत्र नंं २ मा रहेकाे बिर्तामोड स्थित देबी माविको मतदान केन्द्रमा मतदान गर्ने छन् ।
झापाका अधिकाशं उम्मेद्वारले बिहान‌ै मतदान गर्ने जानमारी प्राप्त भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ओमनाथ भण्डारीले बलभद्र जनता मावि धाइजनबाट मतदान गर्दै छन् भने मगोल नेशनल अर्गनाइजेसनका उम्मेद्वार सन्तोष तामाङले मेचीनगर- २ स्थित भानु मावीमा मतदान गर्दै छन् । त्यस्तै, झापा १ बाट प्रदेश (क) का काँग्रेसका उम्मेद्वार गोपाल तामाङले मेचीनगर- ६ स्थित संयुक्त वडा कार्यलयमा मतदान गर्ने छन ।

त्यस्तै, झापा १ बाट प्रदेश (ख) का माओवादी केन्द्रका उम्मेद्वार श्यामबिर लिम्बुले बुद्धशान्ति -४ मा रहेको गणेश माविमा मतदान गर्दैछन् । झापा १ बाट प्रदेश (क) का एमालेका उम्मेद्वार रबिन कोइरालाले काकरभिट्टा माविमा मतदान गर्दै छन् भने प्रदेश (ख) का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सबिना बजगाँइले दशरथ मावि चारआलीबाट मतदान गर्दै छिन् ।

प्रतिकृया दिनुहोस्