रातोपोस्ट संवाददाता
झापा, ५ मंसिर । झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस महामन्त्री विश्वप्रकास शर्माले अग्रता कायम गरेका छन्।
४ सय मत गणना हुँदा शर्माले २ सय १७ मत ल्याउँदा एमालेका अग्नि खरेलले १ सय ३ मत ल्याएका छन्।
झापाको क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वटा वडा, भद्रपुर नगरपालिकाको ९ र १०, बुद्धशान्ति गाउँपालिकाको ४,५,६,७ वडा गरी कूल २१ वडा रहेका छन् । निर्वाचन आयोगका अनुसार एक लाख २० हजार ३७५ मतदाता रहेका छन् ।