News Portal

प्रदेशसभा सदस्यमा राप्रपाकी सबिना बजगाई विजयी

रातोपोस्ट संवाददाता
१७९ पटक

झापा, ७ मंसिर । झापा–१ प्रदेशसभा (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् ।

बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३ सय ८७ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् ।

महिला नेतृ एवम् राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार ६ सय १२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी लिम्बुले १२ हजार २ सय २५ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस्