News Portal

झापा- २ मा एमालेका देवराज घिमिरे विजयी

रातोपोस्ट संवाददाता
३१५ पटक

झापा, ७ मंसिर । झापा क्षेत्र नं २ को प्रतिनिधि सभाको सदस्यमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २ सय ९७ मतले पराजित गरी घिमिरे निर्वाचित भएका हुन् । घिमिरेले २७ हजार ७ सय ७० मत ल्याउँदा नेपालले २५ हजार ४ सय ८३ मत पाएका छन् ।

त्यस्तै गठबन्धनका तर्फबाट माओवादीका हरि रानाले १३ हजार ७ सय १४ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । चौथो स्थान भने राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ओगटेका छन् । उनको मत संख्या ८ हजार ४ सय २४ हो । झापा २ मा ८४ हजार ५ सय ८९ मत खसेको थियो । त्यस्तै ४ सय अस्थायी मतदाताले पनि मतदान गरेका थिए । जसमध्ये ५ हजार ४ सय ९६ मत बदर भएको निर्वाचन अधिकृत केशवप्रसाद पन्तले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्