News Portal

झापामा कराते टेक्निकल कमिटी गठन, अध्यक्षमा बिष्ट

रातोपोस्ट संवाददाता
३५९ पटक

झापा, २ पुस । झापामा सितोरियो कराते संघको विशेष भेलाले कराते टेक्निकल कमिटीकाे अध्यक्षमा बद्रि बिष्ट चयन भएका छन् । आज भएकाे जिल्ला भेलाले बिष्टको नेतृत्वमा ३१ सदस्य जिल्ला कमिटि गठन गरेको हाे। त्यसैगरी भेलाले बरिष्ठ उपाध्यक्षमा मिना पाठक चयन भएकी छिन् भने उपाध्यक्षद्वयमा जगन कार्की र ज्ञानेन्द्र राईलाई चयन गरेकाे हाे ।

भेलाले सचिवमा दिपेन निरौला, सहसचिवद्वय जीवन राई र केशब कार्कीलाई जिम्मेवारी दिएकाे हाे र कोषाध्षक्ष रेणुका राई चयन भएकाे झापाका सितोरियो कराते संघका अध्यक्ष मिलनराज प्रसाईले बताए । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रसान्त भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलामा कराते बरिष्ठ प्रशिक्षक कालु मेचे, जिल्ला खेलकुद विकास समितिका प्रसासन प्रमुख बिष्णु नेम्बाङ, राखेप कराते प्रशिक्षकहरु कृष्ण बस्नेत, सीता राईलगायत जिल्ला भरिका ४२ जना स्वयंसेवक प्रशिक्षकहरु सहभागिता रहेकाे थियाे भने झापाका सितोरियो कराते संघका अध्यक्ष प्रसाईकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

प्रतिकृया दिनुहोस्