News Portal

  • राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको सदस्यमा दङ्गालकाे उम्मेदवारी

    रातोपोस्ट संवाददाता
    १९९ पटक

    झापा, १२ पुस । लामो समयदेखि सहकारी अभियानमा सक्रिय झापास्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दङ्गाल राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको सदस्यका लागि ससक्त उमेदवारको रूपमा खडा भएका छन् ।
    बिगत दुई दसकदेखि सहकारी आन्दोलनमा निरन्तररूपमा लागिरहेका दङ्गालले झापा जिल्ला सहकारी संघको सचिबको भुमिका जिम्मेवारीपुर्वक निर्वाह गरिरहेका छन्
    सहकारी अभियानलाई निरन्तर अगाडि वडाउन र सहकारी बैंकको गरिमा उच्च राख्न आफ्नोतर्फबाट उम्मेद्बारी परेको उल्लेख गर्ने दङ्गाल भन्छन् , जितपछि बैंकको साख वृद्धि गर्दै सहकारी संस्थाको लगानी विविधीकरण र उन्नतिका लागि म दत्तचित्त भएर लाग्नेछु।
    यहि पुस १६ गते सप्पन्न हुने बैंकको १९ औ वार्सिक साधारण सभाका क्रममा मतदान गरेर आफुलाई विजयी बनाइदिनुहुन उनले सहकारीकर्मीहरुसँग विशेष अनुरोध गरेका छन् ।
    देसैभरिका सहकारी संस्थाका प्रतिनिधिहरुलाई एकपटक आफुलाई सेवा गर्ने मौका प्रदान गर्न अनुरोध गर्दै उनले एक बिज्ञप्ति सार्वजनिक गरेका छन् । निर्वाचन सातै प्रदेशमा यहि पुस १६ गते हुँदैछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)