रातोपोस्ट संवाददाता
झापा, २१ पुस । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय सचिवमा राजु अधिकारी निर्वाचित भएका छन्।
चितवनको भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट झापा मेचीनगरका अधिकारी सर्वसम्मत सचिवमा निर्वाचित भएका हुन्। उनले मेचीनगरमा होटल बाटिका सञ्चालन गरेका छन्।
महासंघको केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित भएका हुन। साधारणसभा सभाले ८४ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । महाधिवेशनबाट केन्द्रीय समितिमा हाेटल व्यवसायी मेचीनगरकी डम्बरकुमार श्रेष्ठ चयन भएकी छिन् ।