News Portal

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत राजकपुर २५ गतेदेखि काममा फर्कने

रातोपोस्ट संवाददाता
४१२ पटक

झापा, २२ पुस । झापाको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाँई काममा फर्कने भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाँई विदामा बसेकाे हुनाले पुस २५ गतेदेखि काममा फर्कने भएका हुन ।

मिडियामा आए जस्ताे आफु सरुवा नभएकाे नियमित प्रकृया जस्तै काज विदामा बसेको र मन्त्रालयसँगको समन्वयमा विदा थप गरेको २५ गतेबाट नगरपालिकाकाे नियमित काममा फर्कने उनले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत राजकपुरले भने, मेरो चाहना भनेको नगरका जनताका मन जितेर धन्यवादको पुरस्कार जितेर जाने हो जति गर्छु नगरकै हितमा काम गर्छु भनेर आएको हुँ र सबैसँग सुमधुर सम्बन्ध बनाएर जान्छु ।

प्रतिकृया दिनुहोस्