News Portal

कर्मचारी संगठनद्वारा प्रमुख प्रशासकीय अधिकृत चम्लागाईलाई तत्काल हाजिर गराउन माग

रातोपोस्ट संवाददाता
३०९ पटक

झापा, २९ पुस । मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर कर्मचारी संगठनले आफनो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार पाँच वटा कर्मचारी संगठनले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै मेचीनगर नगरपालिकामा देखिएको प्रमुख प्रशासकिय अधिकृत विवाद तत्काल समाधान गर्न आग्रह गरेका हुन् ।

मेचीनगर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत राजकपुर चौलागाईं स्वीकृत भमण आदेश बमोजिम कामको शिलशिलामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जानु भएको र कार्य सम्पन्न गरी आफनो कार्यालयमा फर्कि आउँदा नगरपालिकाका जनप्रतिनिधिबाट नै प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालयमा हाजिर गर्न नदिई फिर्ता पठाइएको सम्बन्धमा समाचारहरुबाट गम्भिर ध्यानाकर्षण भएको नेपाल निजामति कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल, नेपाल निजामति कर्मचारी युनियन झापा अध्यक्ष कविन्द्रविक्रम नेम्बागं, नेपाल राष्टिय कर्मचारी संगठन निजामति झापा अध्यक्ष यदुनन्दन दाहाल, एकृकित सरकारी कर्मृचारी संगठन झापा अध्यक्ष निरोज कटेल र स्थानीय तह कर्मचारी युनियन नेपाल झापा अध्यक्ष मेघराज बास्तोलाले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै कुनै पनि राष्टसेवकले कानुन विपरिततका कार्यहरु गरे गराएमा प्रचलित कानुन बमोजिम कारबाहीको भगिदार हुने विषयमा संगठनको कुनै असहमति नभएको तर नियमसंगत ढंगले काज अवधि पश्चात दैनिक कामकाज गर्नका लागि कार्यालयमा आउँदा अवरोध सृजना भएको विषयले संगठनको गम्भिर ध्यानाकर्षण भएको र यसरी बिना कारण कसैको व्यक्तिगत तजबिजमा कमकाज गर्नबाट बञ्चित गर्नु गराउनु कानुनी राज्यको उपहास भएकाले प्रमुख अधिकृत चम्लागाई तत्काल कार्यालयमा हाजिर गराउन र उच्च मनोबलका साथ दैनिक कामकाज गर्ने वातावरण सृजना गर्न समेत विज्ञप्तीमा माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्