News Portal

मानव वेचबिखन बिरुद्ध जेसिजको अन्तरक्रिया

रातोपोस्ट संवाददाता
२५० पटक

झापा, १० माघ । पुर्वी सिमा नाकामा मानव बेचविखत बिरुद्ध सराेकारवालाहरुकाे भुमिका बिषयक अन्तरक्रिया मंगलवार सम्पन्न भयो । विर्तामोड लेडि जेसिजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न सराेकारवाला निकायका प्रतिनिधिहरुले मानव बेचबिखन जघन्य मानवीय अपराध रहेको भन्दै त्यसको नियन्त्रणमा सवै एकजुट हुनु पर्ने बताए।

मानव बेचविखनको ट्रान्जिटको रुपमा बिकसित हुँदै गएको भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरे । वीरता लेडि जेसिजकी अध्यक्ष सँगिता गिरिलेको सभापतित्वमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय इन्चार्ज ज्ञानकुमार महाेत, माईती नेपालका प्रमुख गोविन्द घिमिरे, उद्धारकर्मीहरु कन्चना सिटौला, गणेश राई र पत्रकार पर्वत पोर्तेलले मानव वेचविखनको पछिल्लो अवस्थावारे अनुभव साटेका थिए ।

कार्यक्रमको सञ्चालन निसा शाक्य र लिला अनमोलले गरेका थिए।

प्रतिकृया दिनुहोस्