News Portal

बाल सुबोधिनी माबिको ५५ औं बार्षिकोत्सव बिबिध कार्यक्रम गरी मनाइयो

रातोपोस्ट संवाददाता
३१० पटक

झापा, १५ माघ । बाल सुबोधिनी माध्यमिक बिद्यालयले ५५ औं बार्षिकोत्सवका विभिन्न कार्यक्रम आयाेजना गरि मनाएकाे छ । झापाको मेची नगरपालिका वडा नम्बर १४ मा रहेको बिद्यालयले आज विभिन्न साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुनिलाल राजवंशी को अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा झापा क्षेत्र नम्बर १ का संघिय सांसद विश्वप्रकाश शर्माकाे प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बिशिष्ठ आतिथ्यकाे रुपमा प्रदेश सांसद सविना वजँगाई, मेची नगरपालिकाका उपप्रमुख मिना पाेखरेल र मेचीनगर- १४ का वडा अध्यक्ष बाबुलाल सुब्बा रहेका थिए ।

बार्षिकोत्सव कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा शाखाका लक्ष्मी दाहाल, मेचीनगर- १४ का वडा सदस्य लालमहम्त मिया, वडा सदस्य दिपक सुवेदी, रेडक्रस झापा शाखाका सभापति लोकराज ढकाल, शिक्षक महासंघ झापाका सचिव तोया दाहाल, महासंघ मेचीनगरका अध्यक्ष एवम सहिद दशरथ चन्द माबिका प्रधानध्यापक लेखनाथ पौडेल, स्थानीय राजनीतिक दलका प्रमुखहरु, संघ सस्थाका प्रतिनिधिहरु, अक्षयकोष दाता, विधालयका शिक्षकलगायतकाे आतिथ्यता रहेकाे थियाे ।

स्वागत बिद्यालयल व्यवस्थापन समितिका सदस्य लाेकेश्वर चाैधरीले गरेको कार्यक्रममा सञ्चालन शिक्षक पदम प्रसाद मिश्रले गरेका थिए ।

प्रतिकृया दिनुहोस्