झापा, २७ माघ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महताेलाई आज विदाई गरिएको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले एक कार्यक्रमकाबिच डिएसपी महताेलाई भव्य विदाई गरेको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको परिसरमा आयोजित विदाई समारोहमा मेचीनगर- ६ वडा अध्यक्ष ललित तामाङ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की ( नेत्र ), हाेटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईकाे आतिथ्यता रहेकाे थियाे ।
विदाई मन्तव्यमा डिएसपी महताेले आफ्नो कार्यकालमा मेचीनगरबासीले पुर्याएकाे साथ र सहयोग कहिले नविर्सने बताउँदै जहाँ भए पनि सधैँ मेचीनगरबासीलाई सम्झिरहने बताए । साथै उनले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने संघसंस्था, सामाजिक व्यक्ति तथा काँकडरभिट्टाका प्रहरीलाई सम्झे रहने बताए । २०७८ चैत २१ गते इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हाल्न आइपुग्नु भएका प्रहरी नायव उपरीक्षक महताेको मधेश प्रदेश प्रहरी कार्यालय अन्तरगत गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टामा नयाँ नेतृत्व समहाल्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दिपक भारती आएका छन् ।