News Portal

पूर्व राजा ज्ञानेन्द्र शाहलाई राखेर दुर्गा प्रसाइले सुरु गरे नागरिक बचाउ महाअभियान

रातोपोस्ट संवाददाता
५३७ पटक

झापा, १ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह अभियन्ता दुर्गा प्रसाईँले आयोजना गरेको ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन कार्यक्रममा सहभागि भएका छन् । अपराह्न २ बजे पूर्व राजा शाह मेचीनगर- ६ प्यारीभिट्टास्थित बसपार्कमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान उद्घाटन कार्यक्रममा सहभागि भएका हुन ।

पूर्व राजा शाह कार्यक्रम स्थल पुग्दा सहभागीहरूले जयजयकार गरेका थिए । पूर्व राजा शाह आउने प्रचार गरिएपछि कार्यक्रम स्थलमा सर्वसाधारणको ठुलो भीड लागेको थियो । मञ्चमा अभियन्ता प्रसाईँले पूर्व राजा शाहलाई स्वागत गरेका थिए ।

कार्यक्रममा पूर्व रानी कोमल शाह, पूर्व राजकुमार पारस शाह, पूर्व राजकुमारी शिताष्म शाहले सहभागिता जनाएका थिए । मञ्चमा पूर्व राजपरिवारसँगै अभियानका संयोजक प्रसाईँ पनि लहरै बसेका छन् । कार्यक्रमको उद्घाटन गरेका पूर्व राजा शाहले सम्बोधन नगरी फर्किएका थिए ।

प्रतिकृया दिनुहोस्