झापा, ५ फागुन । मेची उद्योग बाणिज्य संघको नव निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गरिएको छ । संघको नवौ अधिवेशनबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई झापाकाे धुलाबारीमा आज एक कार्यक्रमका बीच पद हस्तान्तरण तथा सपथ ग्रहण गरिएको हो ।
नव निर्वाचित अध्यक्ष खेमराज प्रसाईलाई निवर्तमान बनेका अध्यक्ष ऋषि तिम्सिनाले पद हस्तान्तरण गरेका थिए । पद हस्तान्तरण कार्यक्रममा शुभकामना दिने वक्ताहरूले संघको आगामी कार्यकाल व्यवसायी मुखी र विकास मुखी बन्न सकोस् भनेर शुभकामना दिएका थिए ।
नव निर्वाचित कार्यसमितिलाई बधाई दिंदै उपप्रधानमन्त्री तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनले व्यवसायीक प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।नवनिर्वाचित अध्यक्ष प्रसाईले आफू र आफ्नो कार्यसमिति ब्यवसायीको हकहित संरक्षणमा कटिबद्ध रहने बताए । कार्यक्रममा कार्यसमितिलाई प्रदेश सांसद गाेपाल तामाङ, सविन वजगाई, उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ का अध्यक्ष टीका ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष विना तामाङ र कार्यसमिति सदस्य झुनादेवी बानियाँलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष विना तामाङ र कार्यसमिति सदस्य झुनादेवी बानियाँलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारी गणेश गिरीलाई नगद १५ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।
कार्यक्रममा निर्वाचन समिति संयोजक अशोककुमार पोखरेलले नवनिर्वाचित समितिको नाम बाचन गरेका थिए । मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्व, स्वागत उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए ।