बुटवल, ९ फागुन । नवलपरासीको गण्डक नहरमा दुई छाेरा लिएर हामफालेकी आमासहित तीनै जना मृत अवस्थामा फेला परेका छन्। नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा साेही वडाकाे महलबारी बस्ने- २९ वर्षिया प्रतिमा थारू- ९ वर्षिय छाेरा क्रिश र -७ वर्षीय सुमितलाई लिएर हामफालेकी थिइन् ।
हाम फालेकाे सूचना पाएर खाेजी गर्न पुगेकाे प्रहरी टाेलीले घटनास्थलदेखि एकसय मिटर तल उनीहरू मृत फेला पारेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भाेजराज पाण्डेले बताए ।
आफ्ना दायाँ बायाँ हातमा छाेराहरूकाे हातलाई सलले बाँधेर नहरमा हामफालेकाे पाइएको पाण्डेले बताए । उनकाे मानसिक सन्तुलन असामान्य रहँदै आएकाे स्थानीयले बताएका छन् । उनका श्रीमान् वैदेशिक राेजगारमा गएका छन् । उनले के कति कारणले छाेरासहित आत्महत्या गरिन् भन्ने बारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।