News Portal

  • प्रगतिशील शिक्षक संगठन झापाकाे अध्यक्षमा ज्ञानेन्द्र

    रातोपोस्ट संवाददाता
    १४० पटक

    झापा, ९ फागुन । नेकपा (एकीकत समाजवादी ) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन झापाकाे अध्यक्षमा ज्ञानेन्द्र ढुँगाना चयन भएका छन् । झापाकाे विर्तामोडमा सम्पन्न भएकाे दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा ढुँगाना चयन भएका हुन् ।

    पेेशागत महासंघ नेपालका प्रदेश नम्बर १ का अध्यक्ष हिक्मत बस्नेतको प्रमुख आतिथ्यमा भएको अधिवेशनले संगठनको उपाध्यक्षद्वाेयमा सुनिता थापा र प्रेमकुमार राइ, सचिबमा सुरेश बस्नेत, सहसचिबमा बविता भट्टराई, काेषाध्यक्षमा नारायण चाैलागाइ चयन भएका छन । अधिवेशनले सदस्यहरुमा टिका रेग्मी, बिमला खनाल, बासकी राजवशी, अन्जु कार्की र कल्पना पाेखरेललाई चयन गरेकाे छ ।

    पेशागत महासंघ झापाका अध्यक्ष पुन्य प्रसाद अर्यालकाे अध्यक्षतामा भएको अधिवेशनमा समाजवादी पार्टीका जिल्ला अध्यक्ष बेदराज रेग्मी, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनकी उपमहासचिव शुभद्रा भट्टराई, प्रगतिशील शिक्षक संगठनका केन्द्रीय सदस्य भिम दाहाल, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य प्रकाश राई, समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष तिर्थ सिग्देल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

    एकीकृत सरकारी कर्मचारी संगठनका जिल्ला अध्यक्ष निराेज कटेलले सञ्चालन गरेको भेलामा स्वागत प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका झापाका अध्यक्ष ज्ञानेन्द्र ढुँगानाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)