रातोपोस्ट संवाददाता
काठमाडौं, १२ फागुन । आठदलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने भएको छ । राष्ट्रपतिमा भने कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्णय लिएको हो ।
बैठकमा सहभागी जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘अरु कसैले दाबी नगरेपछि स्वतः हाम्रो भयो ।’ जसपाले उपराष्टपति कसलाई बनाउने भन्ने निर्णय गरेको छैन । पार्टीमा छलफल गरेर उम्मेदवार चयन गर्ने श्रेष्ठले बताए । तर, बारा २ बाट निर्वाचित सांसद रामसहाय यादवलाई उम्मेदवार बनाउने चर्चा छ । उनलाई उपराष्ट्रपति बनाएर रिक्त स्थानमा पार्टी अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्न चाहन्छन् ।