News Portal

पाउ पाथीभरा धाममा भागवत् पुराण हुने

रातोपोस्ट संवाददाता
१४२ पटक

मेचीनगर, ३ चैत । झापाको मेचीनगर- १३ चारआलीस्थित पाउ पाथिभरा धाममा श्रीमद् भागवत् पुराणको आयोजना हुने भएको छ । चैत ८ देखि १६ गतेसम्म धाम परिषरमा भागवत् पुराणको आयोजना हुने भएको आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको हो ।

२०७१ सालमा स्थापना भएको समितिको प्रतिवद्धता अनुसार अठार पुराण आयोजना गर्ने उद्देष्यले समितिले पुराण आयोजना गर्दै आएको छ । अहिलेसम्म ५ वटा पुराण आयोजना गरिसकिएको आयोजकले जानकारी गराएको छ । यस पुराण छैठौँ पुराण हो ।

चैत तथा रामनवमीका अवसरमा पुराणको आयोजना गर्ने उदेश्यले भागवतको आयोजना गरिएको र यो छैठौँ पुराण भएको पुराण आयोजक समितिले आज जानकारी दिएको हो । पं शान्तिराम नेपालको प्रमुख बाचकत्व रहने यस महापुराणमा पं पुन्यप्रसाद रिजालको उपबाचकत्व रहने पुराण प्रचारप्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिए ।

८ गतेदेखि शुरु हुने पुराणको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुहुनेछ भने बिशिष्ट अतिथिका रुपमा नेपालीका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहनुहुने जनाइएको छ । यस्तै प्रदेश सभा सदस्य, पालिकाका प्रमुख उपप्रमुखहरुका साथै उच्च पदस्थ व्यक्तिहरुको समेत उद्घाटन कार्यक्रममा आतिथ्यता रहनेछ ।

पुराण सम्पन्न गर्न बिभिन्न १४ वटा उप–समितिहरु निर्माण गरिएको छ भने अनुमानित ८ देखि १० लाख खर्च हुने आयोजकले जानकारी गराएको छ । पुराणमा दैनिक ३ देखि ५ हजार भक्तजनको उपस्थिती रहने आयोजकले अनुमान गरेको छ भने पुराणमा भक्तजनले स्वेच्छिक दान गर्न सक्नुहुने पत्रकार सम्मेलनमा मार्फत मुल आयोजक समितिले जनाएको छ ।

पुराणस्थल उत्तरपट्टी भएका कारण राजमार्गमा ट्राफिक अस्तव्यस्ता बढ्ने आँकलन गर्दै ट्राफिक व्यवस्थापनका विषयमा छलफल भइरहेको पनि आयोजकले जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्