रातोपोस्ट संवाददाता
झापा, २७ चैत । पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड नगरपालिका-३ निवासी ३९ वर्षीय तिम्सिनाको उपचारका क्रममा सोमबार दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो ।
टाउकोमा ब्लड जमेपछि उनलाई आज बिहान उपचारको लागि हस्पिटल भर्ना गरिएको थियो । उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि अस्पताल पुर्याउनासाथ उनको निधन भएको छिमेकी वसन्त ढकालले बताए ।
विगतमा विभिन्न सञ्चारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेसा गर्दै आइरहेका थिए ।