News Portal

काँकडभिट्टामा पत्रकार भण्डारी र शिक्षक तथा बाल अधिकारकर्मी लिम्बू पुरस्कृत

रातोपोस्ट संवाददाता
२९५ पटक

झापा, ९ बैशाख । झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई ‘डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार’ शनिबार प्रदान गरिएको छ । संचारमाध्यममार्फत विषादी विरुद्धको आन्दोलनमा सक्रिय भण्डारीलाई सुसेली साहित्यिक परिवार, मेचीनगरद्वारा स्थापित १५ हजार राशिको पुरस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार अघिल्लो वर्ष बाहुनडाँगीका नीलकण्ठ तिवारीलाई दिइएको थियो ।

त्यस्तै सुसेली प्रतिभा पुरस्कारबाट शिक्षक तथा बाल अधिकारकर्मी मणिकुमार लिम्बू पुरस्कृत भएका छन् । दुवै पुरस्कार झर्रोवादी साहित्यकार चूँडामणि रेग्मीले प्रदान गरेका हुन् । ११ हजार रुपैयाँ राशिको पुरस्कार अघिल्लो वर्ष संचारकर्मी सुष्मा राजवंशीले पाएकी थिइन् ।

कार्यक्रममा अगुवा साहित्यकार विजय खरेलको कथा कुथुङ्ग्री ‘झिल्को’ र सुसेली परिवारको वार्षिक अंक पनि लोकार्पण गरिएको थियो । खरेलको कृतिबारे वरिष्ठ अधिवक्ता लीला उदासीले समालोचनात्मक टिप्पणी गरेका थिए ।

प्रतिकृया दिनुहोस्