News Portal

धाइजनमा आज रचना आउने

रातोपोस्ट संवाददाता
१८० पटक

मेचीनगर, ३१ जेठ । धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा आज चर्चित कलाकार रचना रिमाल आउने भएकी छन् । सधैँ रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेकाे महोत्सवमा बुधवार रिमाल आउने भएपछि दर्शक उत्साहित भएका छन् ।

दर्शक उत्साहित हुँदा महोत्सवमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको महोत्सव आयोजकको भनाई छ । आफ्नै ठाँउमा आयोजना गरिएको महोत्सवको अवलोकन र मनोरंजन लिन पाउँदा उमेर अनुसार सबैको मुहारमा हाँसो देखिएको आयोजक समितिका अध्यक्ष सुरेश बुढाथोकीको भनाई छ ।

बुढाथाेकीका अनुसार आगन्तुकको भावनालाई बुझेर महोत्सव ७ दिनका लागि थपिएको छ । दैनिक कलाकार हेर्नकै लागि बुबा-आमा, अशक्त, बालबालिका र शिशुसहित महिलाहरू आउने गरेका छन् । हिजाे कलाकारहरू मिलन परियार र श्रीकृष्ण लुइँटेलले दर्शकलाई मन भुलाउन सफल भएका थिए ।

स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो । यहि जेठ २२ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारको कला प्रस्तुतिले आगन्तुक दर्शकको घुँइचो बढेको हो । चर्चित कलाकारहरू शिव परियार, जिवब, लाहुरे, प्रिती आले, कमल खत्री लगायत दर्जनौं कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले बताए ।

प्रतिकृया दिनुहोस्