News Portal

अनेरास्ववियु झापाको अध्यक्षमा गिरी निर्वाचित

रातोपोस्ट संवाददाता
२४१ पटक

झापा, ३ असार । अनेरास्ववियु झापाको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । गत जेठ २९ गते भएको २१ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रम सहमतिका लागि स्थगित गरिएको थियो ।

सहमति विफल भएपछि शुक्रबार एमाले जिल्ला पार्टी कार्यालयमा मतदान गरिएको हो । अध्यक्षका लागि गिरी र नारायण पोखरेलले प्रतिष्पर्धा गरेका थिए ।

उपाध्यक्षमा अरुण तिम्सिना सर्वसम्मत भएका छन् । सचिवमा बालचन्द्र कार्की, सहसचिवहरुमा मदन ओली, विनिता न्यौपाने र पुजा सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सलिना गुरुङ सर्वसम्मत भएकी छन् ।यस्तै, सदस्यहरु समेत सर्वसम्मत भइसकेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्