News Portal

नगरमा शैक्षिक कोषको घोषणा, तलब भत्ताको रकम दिने मेयरकाे प्रतिबद्धता

रातोपोस्ट संवाददाता
३२२ पटक

मेचीनगर, १४ असार । झापाकाे मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिबार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन कारक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका हुन् ।

नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा (भत्ता) मध्ये तीन महिनाको रकम करिब १ लाख बढी बार्षिक रूपमा कोषलाई दिने घोषणा गरेका छन् ।

शैक्षिक कोषलाई नागरिक स्तरबाट सञ्चालन गर्ने गरी नगर शैक्षिक कोषको अवधारणा ल्याइएको बताए । साथै यस अभियानमा सबै नागरिकले सहभागीता जनाउन सक्ने उनले बताए । शैक्षिक कोषबाट नगरमा रहेका विपन्न परिवारका छाेराछाेरी अध्यन गर्ने नगरप्रमुख बुढाथाेकीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्