News Portal

प्रदेश सांसद बजगाईकाे पहलमा नाै करोड बढीको बजेट

रातोपोस्ट संवाददाता
६१५ पटक

मेचीनगर, २३ असार । कोशी प्रदेश सांसद सविना बजगार्ईँले झापाका विभिन्न ठाउँमा आव २०८०/०८१ का लागि बजेट तर्जुमा गर्न सफल भएको बताएकी छन् । उनले प्रदेश सरकारबाट विकास निर्माण र अनुदान गरी नौ करोड ५६ लाख २७ हजार रुपैयाँ बजेट हाल्न सफल भएको बताएकी हुन् ।

प्रदेश नम्बर १ को (ख) का प्राय सबै राजनीतिक दल, वडाध्यक्ष र संघसंस्थासँग समन्वय गरेर आवश्यकतामा पनि अति आवश्यक पूर्वाधार निर्माणमा बजेट पारेको उनको भनाई थियो । सांसद बजगाईँले संसद विकास कोषबाट छुटेका योजनालाई सम्बोधन गर्ने सोचमा रहेकोसमेत जानकारी दिइन् ।

सांसद बजगाईँले शनिबार पत्रकारसँगको सात्क्षात्कारमा भनिन्,‘धेरै योजनामध्ये यातिको बजेट रातो कितावमा उल्लेख गर्न सफल भएको छु । आगामी दिनमा वजेट आवश्यकतालाई मध्यनजर गर्दै थप पहल गर्नेछु ।; उनले उर्जा, जलश्रोत, सिंचाईँमा २ करोड २६ लाख ५० हजार, पर्यटन, वन तथा वातावरणमा एक करोड २५ लाख रकमको वजेट पार्न सफल भएको बताइन् ।

त्यसैगरी भौतिक पूर्वाधार विकासमा तीन करोढ ७२ लाख, उद्योग कृषि तथा सहकारी क्षेत्रलाई सशर्त अनुदान ६० लाख, समाजिक विकासमा २८ लाख, आर्थिक मामिला तथा योजनामा एक करोड १६ लाख ५६ हजार रकम सांसद बजगाइँको भनाई छ ।

वर्तमान् राजनीति अवस्थाबारेमा बोल्दै बजगाईले भनिन्, ‘हामी एमाले गठबन्धनमै छौ, केन्द्रीय सरकार र प्रदेश सरकारको बारेमा आफ्नो पाटी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नै निणर्य गर्नुहुनेछ ।’ पत्रकार सम्मेलनमा विभिन्न राजनितीम दलमा प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक ब्यक्तिहरुकाे सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्