बाहुण्डाँगी, २४ असार । युवाहरुलाई नेतृत्व र व्यक्तित्वको विकास गराउँदै हरेक क्षेत्रमा अघि बढाउँद बढाउने उदेश्यले मेचीनगरका युवाहरुले थ्री डि युथ ग्रुप सञ्चालनमा ल्याएका छन् । थ्री डि को पुरा अर्थ ड्रिम्स, डिसिप्लेन र डेस्टिनेशन रहेको छ ।
शनिवार इलामको श्रीअन्तुमा एक समारोहका बिच मेचीनगरका युवाहरुले थ्री डि ग्रुपको घोषणा गरेका हुन् । मेचीनगर- ८ का युवा रघु धिमालको अध्यक्षतामा नयाँ ग्रुपको सार्वजनिक गरिएको हो । कलेज तहका विद्यार्थीहरुलाई यो ग्रुपमा जोड्दै पछिल्लो समय समाजमा बढेको लागु औषध दुव्र्यशनी न्यूनीकरण गर्ने उदेश्यका साथ घोषणा गरिएको थियो ।
मेचीनगरका विभिन्न कलेजका ४० जना विद्यार्थीसहित ६५ जना व्यक्तिहरुलाई दुई दिन युथ लिडरसीपको तालिम प्रदान गरि यस ग्रुपका लक्ष्य उदेश्य र आगामी योजनासहित सार्वजनिक गरिएको हो । तालिमको मुख्य प्रशिश्रक सन्तोष आचार्य थिए भने सहजीकरण देबु बानियाँले गरेका थिए । प्रशिक्षक आचार्यले युवाहरुको समाजप्रतिको भूमिका र विद्यार्थीको भविष्यका बारेमा प्रशिक्षण गराएका थिए । थ्री डिमा रघु धिमाल अध्यक्ष सहित अन्तुमा सहभागि सबै सदस्य रहने छन् । साथै आगामी दिनमा मेचीनगरका हरेक युवाहरुलाई यस ग्रुपमा जोड्दै जाने सदस्य सरोज मेहराले बताए ।
रघु धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ड्रयागन युथ क्लबका अध्यक्ष राजु धिमाल, गाडागल्ली युवा क्लबका अध्यक्ष सुरेन कन्दङ्वा, मेचीनगर ४ का वडा सदस्य पवन बराइली, १० का वडा सदस्य सोम ओझा, विशाल कार्की, युवा व्यवसायीहरु डेनु मगर, सागर लिम्बू, कृष्ण श्रेष्ठलगायतको सहभागिता रहेको थियो । सदस्य सरोज मेहराले स्वागत गरेको कार्यक्रमको सञ्चालन सन्तोष धमलाले गरेका थिए ।