News Portal

मेचीनगरबाट प्रकाशित खबरमञ्च पत्रिका ८औं वर्षमा

रातोपोस्ट संवाददाता
२४६ पटक

मेचीनगर, ११ साउन । झापाको मेचीनगर–७ इट्टाभटाबाट नियमित प्रकाशित खबरमञ्च साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको सातौ बसन्त पार गरी आठौं वर्षमा प्रवेश गरेको हो ।

२०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाण पत्र प्राप्त गरी प्रकाशन सुरु गरिएको खबरमञ्च साप्ताहिक पत्रिका बिगत बर्षदेखि नै प्रेस काउन्सील नेपालको बर्गिकरणमा निरन्तर ‘क’ बर्गमा सूचिकृत छ ।

मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । खबरमञ्च साप्ताहिकले शहरी क्षेत्र भन्दा पनि मेचीनगरका ग्रामीण भेगलाई विशेष प्राथमिकतामा राखी जनताको समस्यालाई उजागर गर्ने प्रयास गरिरहेको छ ।

छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ । खास गरी स्थानीय बिषयवस्तु र समेट्नै पर्ने समाचारका बिषयवस्तुलाई प्राथमिकतामा राखेर साप्ताहिकको अनलाइन संस्करण आम पाठकहरुले पढ्न पाइरहेका छन् ।

पत्रिकालाई यो अवस्थासम्म ल्याई पु¥याउन अमूल्य सल्लाह, सुझाव र साथ दिनु हुनै सबै पाठक वर्गमा पत्रिकाका प्रकाशक सम्पादक प्रकाश पौडेलले आभार प्रकट गरेका छन् ।

प्रतिकृया दिनुहोस्