News Portal

भन्सार छली गरी ल्याएको सामानसहित कन्टेनर इटहरीमा

रातोपोस्ट संवाददाता
२३३ पटक

झापा, १३ साउन । काँकरभिट्टाबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याएको कन्टेनर र सामानसहित नियन्त्रणमा लिएको राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । प्रारभ्भिक अनुसन्धानमा भन्सार छली गरी सामान भित्र्याइएको पाईएकाले थप अनुसन्धानका लागि राजश्व कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

प्रहरी प्रवक्ता अधिकारीका अनुसार उक्त कन्टेनरमा करीब एक करोड एक लाख २७ हजार ५ सय मुल्यांकन गरिएको छ । गाडीको मुल्य २० लाख मुल्यांकन गरेर एक करोड २१ लाख २७ हजार ५ सय मुल्यांकन गरिएको छ ।

कन्टेनर भित्र कोको जेल ६० कार्टुन, अफ्जल ८० कार्टुन, काँसको झ्याम्टा २ हजार ४ सय ६५ केजी र साबुन २५ कार्टुन फेला परेको छ । शुक्रबार साँझ ७ बजेको समयमा जिल्लाको अनुसन्धान विभागको टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय काकरभिट्टाको संयुक्त टोलीले ना २ ख ४९०२ नम्बरको मालवाहक कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

प्रतिकृया दिनुहोस्