News Portal

झापामा नागरिकता वितरणमा लगाइएको ‘पालो प्रणाली’ हटयो

रातोपोस्ट संवाददाता
१६६ पटक

झापा, १७ साउन । नागरिकता वितरणमा लगाइएको पालो प्रणाली जिल्ला प्रशासन कार्यालय झापाले हटाउने निर्णय गरेको छ । नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित भएसँगै नागरिकता लिनको अत्यधिक भीड बढेपछि झापा प्रशासनले असार १३ गतेदेखि पालिकाहरुलाई साप्ताहिक रुपमा पालो तोकेर नागरिकता वितरण गरिरहेको थियो ।

यही साउन २१ गतेदेखि पालो प्रणाली हटाएर पहिले झैं जो पहिले आउँछ उसैलाई पहिलो सेवा दिने टोकन प्रणाली लागू गरिने प्रशासनको सूचनामा उल्लेख गरेकाे छ ।

प्रतिकृया दिनुहोस्