रातोपोस्ट संवाददाता
झापा, १६ भदाै । साउन महिनायता चार जनाको मृत्यु भइसकेको डेंगी रोगको संक्रमण झापामा बढ्दो छ । दिन प्रतिदिन डेंगीका बिरामीहरू थपिँदै गएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार भदौ १५ सम्म झापामा डेंगी सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ७३ पुगेको छ ।
५ हजार १ सय ८२ जनालाई परीक्षण गर्दा त्यति जनालाई डेंगी संक्रमण पुष्टि भएको हो । जिल्लामा ८२ जना डेंगी संक्रमितहरु अस्पतालमा उपचाररत रहेका छन् । जम्मा १ सय २५ जना भर्ना भएकोमा ७३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।