झापा, २४ भदौ । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनः इन्दिरा श्रेष्ठ निर्वाचित भएकी छन् ।
शुक्रबार बिर्तामोडमा भएको १० औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध चयन भएकी हुन् । आगामी तीन वर्षे कार्यकालका लागि श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
संघको बरिष्ठ उपाध्यक्षमा ख्यामप्रसाद ओली, उपाध्यक्षमा रामकुमार प्रसाईं, महासचिवमा शिवराज पौडेल, सचिवमा मानबहादुर गिरी, कोषाध्यक्षमा रमेश मगर निर्विरोध चयन भएका हुन् भने सदस्यमा तिलकबहादुर श्रेष्ठ, ढुका कुमाल, निरज सिटौला, टेकबहादुर बस्नेत, डम्बरबहादुर नेम्वाङ, जयप्रकाश राई, नोर्वुलामा शेर्पा, भीम सुब्बा र चन्द्रा बुढाथोकी चयन भएका छन् ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा अधिवेशन उद्घघाटन भएको थियो । यस्तै, अधिवेशनमा होटल व्यवसायी संघ मेचीनगरलाई सम्मान गरिएको छ । होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।