News Portal

झापाको प्रहरी प्रमुखमा मिलन केसी आउँदै

रातोपोस्ट संवाददाता
२४० पटक

झापा, २ फागुन । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी उपरीक्षकको रुपमा मिलन केसी आउने भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसनधान शाखाबाट केसी झापाको प्रमुखको रुपमा आउन लागेका हुन् ।

प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् । झापाका एसपी दुर्गाराज रेग्मीको बाग्मती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई नयाँ जिम्मेवारी दिइएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ । हिन्दु र मुस्लिमबिच तनाव भएपछि असोज २५ मा धिताललाई सर्लाहीमा पठाउने निर्णय गरिएको थियो । अहिले सर्लाहीमा दयानिधि ज्ञवालीलाई पठाउने निर्णय गरिएको छ ।

नवराज कार्कीलाई मोरङमा सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा अपिलराज बोहरा, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्ट र काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्कालाई सरुवा गरिएको छ । सिन्धुलीमा विनोद शर्मालाई पठाइएको छ ।

चितवनमा भावेष रिमाल गएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रञ्जित सिंह राठौर र महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ । सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।

प्रतिकृया दिनुहोस्