News Portal

रुपन्देहीमा कार दुर्घटना, तीनजनाको मृत्यु, दुई घाइते

रातोपोस्ट संवाददाता
१३६ पटक

रुपन्देही, ३१ जेठ । रुपन्देहीमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–२ नुवाकोटबाट बुटवलतर्फ आउँदै लु२च ८५३१ नम्बरको कार गएराति बुटवल उपमहानगरपालिका–१३ भ्युप्वाइन्टमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक स्याङ्जा पुतलीबजारका रामप्रसाद शर्मा, तिलोत्तमा– ३ की आशा श्रेष्ठ र भगवती श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएका तीनैजनालाई डाक्टरले मृत घोषणा गरेका थिए । कार सडकबाट एक सय मिटर तल खसेको थियो ।

प्रतिकृया दिनुहोस्