News Portal

काँकरभिट्टामा भन्सार छली ल्याइएका ३ लाख बढीको कपडा बरामद

रातोपोस्ट संवाददाता
१६१ पटक

झापा, ८ असार । प्रहरीले शुक्रबार काँकरभिट्टाबाट ३ लाख १९ हजार रुपैयाँ बराबरका अवैध रुपमा भन्सार छली ल्याइएका लत्ता कपडाहरु बरामद गरिएको छ ।

मेचीनगरपालिका–६ स्थित मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र शसस्त्र प्रहरी बल नेपाल प्रस्थाबित सिमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेची पुलबाट भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ लाख १९ हजार रुपैयाँ बराबरको कपडाहरु बरामद गरेको छ ।

बरामद गरिएको लत्ता कपडाहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाउनेतर्फ कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्