News Portal

पत्रकार सिग्देलको निबन्धसंग्रह बिर्सिएका सपनाहरु बजारमा

रातोपोस्ट संवाददाता
५६ पटक

झापा, २७ भदौ । पत्रकार तीर्थ सिग्देलद्धारा लेखिएको आत्मपरक निबन्धसंग्रह बिर्सिएका सपनाहरु बजारमा आएको छ । २०५० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सिग्देलको यो सातौं किताब हो । २०७३ सालयता पुस्तक लेखक क्षेत्रमा उदाएका सिग्देलको यसअघि जीवनको गति, पूर्वको राजनीति, एक दिन समय कथा, मनोनेट, मनको कैदी र बिर्तामोडको इतिहास समेटिएको बिर्तामोड उद्भव र विकास नामक पुस्तकहरु प्रकाशित भइसकेका छन् ।

सामाजिक थथार्थ, मानवीय संवेदना, अनुसन्धानात्मक लेखक क्षेत्रमा आफ्नो बिशेष पहिचान बनाउँदै आएका उनी तथ्यलाई पर्गेल्न सक्ने लेखकीय क्षमता राख्छन् । प्रतिष्पर्धात्मक लेखन क्षेत्रमा नयाँ धारणा जन्माउन सक्ने सिग्देलका किताबहरुले मानिसहरुमा उर्जा प्राप्त हुने पाठकहरुको बिष्लेषण छ ।

बिर्सिएका सपनाहरुले पढ्ने मान्छेलाई एक प्रकारको उर्जा दिन्छ । खास गरेर मानिसहरुका सपना र यथार्थबारे यस किताबमा दृष्टि लगाएको पाइन्छ । युवा तथा बिद्यार्थीहरुका लागि अति उपयोगी किताब रहेको लेखकको भनाइ छ ।

उनको भनाई अनुसार किताबमा जिन्दगी सार्थक बनाउने शुत्र छन् भने तर्कहरुको माध्यमबाट समाजको चित्रण गरिएको छ । यस पुस्तकको मूल्य ३१५ रुपैया रहेको छ । कथा, निबन्ध, यात्रा संस्मरण, इतिहास जस्ता बिधामा उत्तिकै लेख्न सक्ने उनको लेखनमा समाजका बिभिन्न पक्षहरुकोे स्प्रष्ट चित्र पाइन्छ । उनको यो पुस्तक मिडिया रिसर्च सेन्टरले छापेको हो ।

प्रतिकृया दिनुहोस्